महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडीमा आगजनी
काठमाडाैं, २७ जेठ । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले सरकारी गाडी जलाएका छन् ।
आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा गरी आगजनी गरेका हुन्।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।
उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो।
निजी स्कुलहरुले मनपरि शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरी भनाइ छ । त्यसक्रममा नगर प्रहरीमाथी उनीहरुले आक्रमण गरेको प्रहरी भनाइ छ।