सुनको मूल्य एकैदिन घट्यो चार हजार, कतिमा हुँदैछ काराेवार?

काठमाडौँ, २७ जेठ । स्थानीय बजारमा आज सुनकाे मूल्य तोलामा रु चार हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज तोलामा रु चार हजारले घटेर
प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ ।

[bsa_pro_ad_space id=69]

शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।

[bsa_pro_ad_space id=68]