मौद्रिक नीति : निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशत बढाउने लक्ष्य

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर घटाउँदै निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ काे माैद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर तथा एसएलआरलाई यथावत राखिएको छ । राष्ट्रबैंकले गत आवको तुलनामा लचक हुँदै यी नीतिहरु लिएको हो ।