आजदेखि घट्यो पेट्रोल र डिजेलको मूल्य

 

काठमाडौं १७ साउन । पेट्रोल र डिजेलको मूल्य आजदेखि घटेको छ ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हाे ।

पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको छ ।