सुनको मूल्यमा फेरी नयाँ किर्तिमान, पुग्याे तोलाको डेढ लाख
काठमाडौं, २१ साउन । सुनको मूल्यले फेरी नयाँ कीर्तिमान कायम गरेको छ ।
लगातार उकालो लागेको सुनको मूल्यले आज फेरी नयाँ कीर्तिमान कायम गरेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन वृद्धिपछि प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ ।
आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।