सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

काठमाडौँ, १२ भदौ । सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएकाे छ । स्थानीय बजारमा आज पनि सुनको मूल्य हालसम्मकै महँगो भएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ ।