नक्कली साइबाबा विराज माझी पानी वोक्ने पठाओ ड्राइभर
काठमाडौं । सत्य साइबाबाको अनुयायी तथा भक्तजनहरु नेपालमा पनि धेरै छन्। हरेक स्थानमा साइकेन्द्रहरु स्थापना भएका छन्। सत्य साइबाबाका चमत्कार तथा सत्य साइबाबाका सुकर्मका कारण सत्य साइबाबालाई उनको निधन अघि र पछि उनलाई भगवानको नै अवतार मानिन थालेको छ।
भारतको पुट्टपर्टीमा जन्मेका साइबाबाको अर्को रुप नेपालमा नै पाइएको छ। त्यो पनि नेपालको संघीय राजधानी काठमाडौंमा । उनको नाम विराज माझी हो । उनी कुनै सत्य साइवावा होइन । साइबाबा जस्तो चमत्कार बाबा तथा भगवान होइन । उनको हेयर स्टाइलले सत्य साइबाबा बनाएको हो । निजगढ बाराका यी विराज माझीको हेयर स्टाइल अर्थात कपाल जन्मजात सत्य साइबाबाको जस्तै बनेर आएको हो । उनले सत्य साइबाबाको क्रेजलाई क्यास गर्न र गराउन त्यस्तो कुनै हेयर स्टाइल नबनाएको भन्छन् ।
बारा निजगढकै श्री सार्वजनिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेर कमाइ गर्न ६ बर्षअघि मात्र काठमाडौं आएको बताउने विराजले पहिला काठमाडौंको कालिमाटीमा घर घरमा जारको पानी पु-याउने काम गर्ने गरेको बताए । जिम्न्यास्टिक तथा कराँतेमा समेत रुचाउने उनले यस संवन्धमा थुप्रै टिकटक पनि बनाएका छन् । सन्त वहादुर माझी र अनिता माझीका माइलो सन्तानको रुपमा जन्मिएका विराजका एक दाइ, एक भाइ र एक बहिनी छन्।
उनी हाल २३ बर्ष पुगिसकेको बताउंछन्। निजगढ बारावाट काम गर्न काठमाडौं आएपछि धेरैले कपालकै कारण साइबाबा भन्न थालेपछि साइबाबा भनेको को हो र के हो भनेर बुझ्न थालेका उनी सत्य साइबाबा भगवान भएको र सत्य साइबाबाको हेयर स्टाइलसंग आफ्नो हेयर स्टाइल पनि ठ्याक्कै मिलेको कारण सवैले नक्कली साइबाबा भनेर बोलाउने गरेको स्वीकार्छन्। कति त साइबाबा भनेर झुक्किने गरेको अनेक घटना आफूसंग रहेको सुनाउंछन्।
आफू साइबाबा नभएको र साइबाबाको जस्तो कपाल वाहेक अरु केही गुण नभएको समेत वताउने उनी पहिला कालिमाटीमा पानीको जार वोकेर घर घर पु-याउने काम गर्ने गर्छन भने, हिजोआज पानीको जार पसल पसल पु-याउने गाडीको ड्राइभर बनेका छन्। त्यसवाट मिलेको फुर्सदको बेला बाइकवाट पठाओ काम पनि गर्ने गरेको पनि उनले भनेका छन् ।