सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?
काठमाडौं, २६ भदाै । सुनको मूल्यले नेपाली बजारमा फेरी नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार रु १००० बढेर तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो ।