दिनहुँ नयाँ रेकर्डमा सुनको भाउ
काठमाडौं, ३१ चैत्र । नेपाली बजारमा सुनकाे मूल्य दिनहुँ उकालाे लागेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा १ हजारले बढेर १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
छापावाल सुन शुक्रबार तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।