रेशम चाैधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीको एकता घोषणा रोकियो
काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच आज हुने भनिएको एकता घोषणा कार्यक्रम रोकिएको छ ।
नाउपाका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि कार्यक्रम स्थगित भएको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार, पार्टी एकीकरण घोषणाका लागि प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम चलिरहेकै बेला नेपाल प्रहरीले चौधरीलाई कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएर डिल्ली बजार कारागार चलान गरेको छ ।
राउतले घटनाको निन्दा गर्दै भने, ‘यो घटनाको हामी घोर भर्त्सना गर्दछौं। यही कारण आज तय भएको एकीकरण कार्यक्रम स्थगित गरिएको छ। सम्पूर्ण नेता कार्यकर्तालाई आ-आफ्नो घर फर्कन आग्रह गरिएको छ। हामी छिट्टै बैठक बसेर अर्को निर्णयबारे जानकारी दिनेछौं।’