नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित, अब संसदमा पेश हुने

काठमाडौं, २७ जेठ । लामो समयदेखि विचाराधीन रहेको ‘नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ अन्ततः प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयकलाई पारित गरेको हो।

समितिका सभापति रामहरि खतिवडाले विधेयक पारित भएसँगै वर्षौंदेखि नागरिकताविहीन बनेका व्यक्तिहरूले नागरिकता प्राप्त गर्ने बाटो खुलेको विश्वास व्यक्त गर्नुभयो। उहाँले विधेयकलाई सर्वसम्मत रूपमा पारित गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सांसदहरूलाई धन्यवाद दिँदै यो राष्ट्रिय सहमतिको प्रतीक भएको बताउनुभयो।

सभापति खतिवडाका अनुसार, समितिबाट पारित भएको यो महत्त्वपूर्ण विधेयकलाई अब छिट्टै अन्तिम स्वीकृतिका लागि प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *