शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौँ, २६ असार । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से २५.८९ अङ्कले बढेर २७३१.८० विन्दुमा पुगेको छ।

परिसूचकसँगै कारोबार रकम पनि बढेर ९ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स पनि ७.५५ अङ्कले उकालो लागेको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ। बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार र जलविद्युत उपसमूहको परिसूचक भने घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, बुटवल पावर कम्पनी र सानिमा बैंक क्रमशः अगाडि रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *