दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ जना घाइते, तीनजना गम्भीर

कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङका लागि छुटेको एक यात्रुवाहक बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी तीन जना गम्भीरसहित २६ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका-९, वेलनदीमा लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको हो ।

बिहान करिब ४ बजे भएको दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय, गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

घाइतेमध्ये अवस्था गम्भीर रहेका तीन जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार जारी छ ।
बुटवल रिफर गरिएका गम्भीर घाइतेहरू:
देवी बुढाथोकी, ७७ वर्ष, सल्यान बागचौर नगरपालिका-१०
मोहनलाल बुढाथोकी, ५६ वर्ष, सल्यान शारदा नगरपालिका-१२
श्रीधर अधिकारी, ३५ वर्ष, दाङ तुलसीपुर उपमहानगरपालिका-११
चन्द्रौटामा उपचाररत अन्य घाइतेहरू:
मोतीलाल ऐरी, २८ वर्ष, रुकुम पश्चिम
कोसिस गौतम, २१ वर्ष, सोलुखुम्बु
अनिता चलाउने, १९ वर्ष, सल्यान
सचिला नेपाली, ५२ वर्ष, दाङ घोराही
टुक कुमारी श्रेष्ठ, ६० वर्ष, अर्घाखाँची
चित्र प्रसाद धिताल, २५ वर्ष, सल्यान
ओम प्रकाश खड्का, ३१ वर्ष, रोल्पा
रुपा चौधरी, २८ वर्ष, दाङ राप्ती
हेमराज वली, ३९ वर्ष, रोल्पा
खड्क बहादुर पुन, ३९ वर्ष, पर्वत
भीम बहादुर बि.क, ४३ वर्ष, सल्यान
इन्द्र बहादुर बि.क., ४० वर्ष, सल्यान
ललित शर्मा, २१ वर्ष, दाङ तुलसीपुर
सन्दीप वली, ३१ वर्ष, रोल्पा
विशाल बोहरा, २२ वर्ष, डडेलधुरा
शर्मिला नेपाली, २४ वर्ष, दाङ
रश्मि बोहरा, ४२ वर्ष, सल्यान
वेद बहादुर वली, ३९ वर्ष, घोराही