बार्सिलेनाको जित, एट्लेटिको म्याड्रिड बराबरीमा

म्याड्रिड, ६ असोज । स्पेनी लिगमा सोमबार बार्सिलोनाले गेताफेलाई सजिलै ३–० ले हराएको छ । यस नतिजापछि बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी दुई अङ्कमा झारेको छ ।
बर्सिलोनाको जितमा फेरान टोरेज र डेनी ओल्मो चम्कए । खेलको १५ औँ मिनेटमा ओल्माको पासमा टोरेजले गोल गरी बार्सिलोनालाई चाँडै अग्रता दिला । खेलको ३४ औँ मिनेटमा राफिनाको पासमा टोरेजले गोल गरे । खेलको ६२ औँ मिनेटमा स्थानापन्न खेलाडी मार्कस र्यासफर्डको पासमा ओल्मोले पनि गोल गरे ।
यस हारपछि गेताफे आठौँ स्थानमा झरेको छ । गेताफले सुरुका चारमध्ये तीन खेलमा जितेर यस सत्रको सुरुआत शानदार ढङगले गरेको थियो ।
एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा मायोर्काले १–१ ले बराबरीमा रोकेको छ । खेलको १४ औँ मिनेटमा अल्भारेजको पेनाल्टीलाई मायोर्काका गोलरक्षक लियो रोमानले रोकेका थिए । यद्यप खेलको ७९ औँ मिनेटमा कानोर गालाघरको गोलबाट एट्लेटिको अग्रता बनाएको थियो । छ मिनेटपछि भेडात मुरिकीले गोल गरेपछि एट्लेटिकोलाई स्तब्ध पारे ।
एट्लेटिको पाँच खेलमा एक जित, तीन बराबरी र एक हारमा खेलेर १२ औँ स्थानमा छ । डिएगो सिमियोनीको प्रशिक्षकत्वमा एट्लेटिको म्याड्रिडको यो सबभन्दा खराब सुरुआत हो ।