प्रधान सेनापति ट्रफी २०८२ सम्पन्न

काठमाडौँ, १० असोज । प्रधान सेनापति ट्रफी २०८२ मा शुक्रबार पृतनातर्फ उपत्यका पृतना तथा गणतर्फ पुरनो गोरख गण च्याम्पियन तथा १६ नम्बर बाहिन अड्डा र जगदल गण उपविजेता बनेका छन् ।

यस खेलकुद मेलामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू समावेश गरिएको थियो । यसैगरी नेपाल सेनाका कूल १४ टिमले सहभागी जनाएका थिए । प्रतियोगिताको समापन दिन शुक्रबार आयोजिता फुटबल प्रतियोगिताको फाइनलमा कालीबहादुर गणले देवीदल गणलाई ३–२ ले हरायो । प्रतियोगिताअन्तर्गत बास्केटबल हेटौँडा, बक्सिङ पोखरा र बाँकी खेल काठमाडौँमा भएका थिए ।

प्रधान सेनापति ट्रफ सेनाभित्र हेका प्रतिभावान खेलाडीका पहिचान गरी उनीहरुको सीप विकास गर्र्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गर्ने अभिप्रायका साथ २०६५ सालदखि सुरुआत भएको हो । प्रतियोगिता गत भदौ १७ देखि सुरु भएको हो ।