सर्लाहीकाे मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु
सर्लाही, २४ असोज । सर्लाहीकाे बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।
प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएकाे छ ।