एसिया कप जितेपनि भारतले लिएन ट्रफी

दुबई, १३ असोज । भारत र पाकिस्तान बीचको विवाद एसिया कप २०२५ को समापन पछि पनि जारी रह्यो । गत सेप्टेम्बर १४ मा सूर्यकुमार यादवले पाकिस्तानी कप्तान सलमान अली आगासँग हात मिलाउन अस्वीकार गरेपछि विवाद सुरु भएको थियो ।
फाइनल जितेपछि भारतीय टोलीले पाकिस्तानी सरकारका मन्त्री मोहसिन नक्वीबाट ट्रफी स्वीकार गर्न अस्वीकार गर्यो । तर एसियाली क्रिकेट परिषद्का अध्यक्ष पनि रहेका नक्वीले ट्रफी दिने अडान राखेका थिए । जसले समापन कार्यक्रम दुई घन्टा रोकिएको थियो । त्यसपछि उद्घोषक साइमन डोलले भने, एसियाली क्रिकेट परिषद्ले जानकारी गराएको छ कि भारतीय क्रिकेट टोलीले आज राति आफ्नो पुरस्कार प्राप्त गर्न सक्ने छैन । त्यसैले समपन समारोह समाप्त हुन्छ ।
फाइनल अफ दि म्याच तिलक वर्मा र प्लेअर अफ दि सिरिज अभिषेक शर्माले भने व्यक्तिगत ट्रफी ग्रहण गरेका थिए ।