वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धशतक

शारजाहा, १३ असोज । नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सोमबार वेस्ट इन्डिजवरुद्धको दोस्रो टि२० शृङ्खलामा अर्धशतक बनाएका छन् ।

शारजाहा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । आसिफले ३४ बलमा अर्धशतक छुनुभयो । आसिफको पालिमा आठ चौका सामेल थियो ।

युनिटी कपअन्तर्गत तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि छ । आजको खेल जितेमा नेपालले शृङ्खला हात पार्नेछ ।