सुनकाे मूल्य ताेलामै २ हजार ६ सय रुपैयाँले बढ्याे, ताेलाकाे कति पुग्याे ?
काठमाडाैं, २२ असाेज । सुनकाे मूल्य आजपनि ताेलामा २ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएकाे हाे ।
सुनको भाउ अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे थियाे । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको हाे ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ । विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।