अन्तर्राष्ट्रिय महिला फुटबलमा चाइनिज ताइपेइसँग नेपाल पराजित

काठमाडौँ, १६ मङ्सिर । त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल शृङ्खलामा नेपाल मङगलबार चाइनिज ताइपेइसँग १–० ले पराजित भएकोछ । नेपाल पहिलो खेलमा पनि घरेलु टिम इन्डोनेसियासँग पनि २–१ ले पराजित भएको थियो । चाइनिज ताइपेइको भने यो लगातार दोस्रो जित हो ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङगशालामा चाइनिज ताइपेइकी के सिन हुवाङले खेलको ५३ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।