प्रधानमन्त्री राहत कोषमा हालसम्म रु. १२ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं, २५ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हालसम्म रु. १२ अर्ब ६३ करोड ९२ लाख ५७९ जम्मा भएको छ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा रु. ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ जम्मा भएको छ भने दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर समेत जम्मा भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

बाढीपछि सरकारले राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउन सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई उक्त कोषमा दाखिला हुँदै आएको हो।