सुकुम्बासीमाथि डोजर चलाएपछि पूर्वप्रधानमन्त्री माधव नेपालले भने, ‘बालेन सरकारले राम्रो लक्षण देखाएन’

काठमाडौँ, १८ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्थापन नगरी बालेन सरकारले बस्तीमा डोजर चलाएको भन्दै कडा आपत्ति जनाएका छन्।

बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले बालेन शाह नेतृत्वको सरकारले जनताको बास बस्ने अधिकार खोसेको आरोप लगाए।

“वास्तविक सुकुम्बासीको पहिचान नै नगरी र उनीहरूको वैकल्पिक व्यवस्थापनसमेत नगरी दमन गर्ने कामलाई कुनै पनि हालतमा जायज मान्न सकिँदैन,” नेता नेपालले भने, “यसले एकपछि अर्को गर्दै जनविरोधी काम गरिरहेको छ। जनताको बास बस्ने अधिकार खोसिएकाले हामीले बेलैमा खबरदारी गर्नुपर्छ।”

जनविरोधी कामले राम्रो लक्षण नदेखाएको भन्दै उनले काम गर्ने शैली सच्याउन बालेन शाह नेतृत्वको सरकारलाई सुझाव दिए। उद्देश्य राम्रो भए पनि काम गर्ने तरिका गलत हुन नहुने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *