राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान
काठमाडौँ, बैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को वैशाख २२ गतेको सिफारिसमा सो अधिवेशन आह्वान गर्नुभएको हो ।
उक्त अधिवेशन आगामी वैशाख २८ गते सोमबार दिउँसो २:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने गरी तय गरिएको छ। यससँगै सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बजेट अधिवेशन सुरु हुने भएको छ ।