विदेशी मुद्राको विनिमय दर यस्तो छ आज : डलरको भाउ १५२ रुपैयाँ नाघ्यो
काठमाडौँ, २३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य वृद्धि देखिएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा रहेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका मुलुकका मुद्राहरूको विनिमय दर यसप्रकार छ:
कतार रियाल: खरिददर ४१ रुपैयाँ ७४ पैसा, बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा ।
साउदी रियाल: खरिददर ४० रुपैयाँ ५५ पैसा, बिक्रीदर ४० रुपैयाँ ७१ पैसा ।
यूएई दिराम: खरिददर ४१ रुपैयाँ ४३ पैसा, बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा ।
मलेसियन रिङ्गेट: खरिददर ३८ रुपैयाँ ४० पैसा, बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा ।
कुवेती दिनार: खरिददर ४९६ रुपैयाँ ५२ पैसा, बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा ।
बहराइन दिनार: खरिददर ४०२ रुपैयाँ ९१ पैसा, बिक्रीदर ४०४ रुपैयाँ ५० पैसा ।
आज अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा कायम भएको छ । क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २६ पैसा छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ भने चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दर स्थिर रहँदै आएको छ ।