सुनको मूल्य आज पनि घट्यो, तोलाकाे ५ हजार १००
काठमाडौँ, २८ जेठ । नेपाली बजारमा सुनकाे मूल्य आज पनि घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेकाे हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्य सूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने गत मङ्गलवार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो भने गत मङ्गलवार चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ निर्धारण गरिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।