धनकुटाको मूलघाटमा बस दुर्घटना : १२ जना घाइते

सुनसरी, २९ जेठ । सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटाको मूलघाट नजिक दुर्घटना भएको छ । बुधबार दिउँसो भएको उक्त दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना यात्रु सवार बस धनकुटा नगरपालिका–९, मूलघाट नजिक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर चोट लागेकाहरूलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारीले जानकारी दिए ।

दुर्घटनाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्ड केही समय पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा पल्टिएको बसलाई पन्छाएपछि अहिले उक्त खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको डीएसपी भण्डारीले बताए ।