सुरुमा मोजा र कागजका डल्ला बनाएर खेलेका राजुकाजी भन्नुहुन्छ– ‘नेपाललाई तीन स्वर्ण जिताउन पाउँदाको खुशी अवर्णनीय छ’

राजुकाजी शाक्यको नेपालको पूर्वी जिल्ला धरानमा जन्मिनु भएका राजुकाजी शाक्यले करीब १५ वर्षको उमेरबाट स्थानीय र क्षेत्रीय प्रतियोगिताहरू मार्फत व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभयो ।

नेपालको फुटबल इतिहासमा खेलाडी÷क्याप्टेन र प्रशिक्षकको भूमिकामा रहँदा दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकामा स्वर्ण पदक जिताएर नेपालको फुटवल इतिहासमा ऐतिहासिक रेकर्ड राख्नु भएका शाक्य अहिले पनि खेल क्षेत्रको उनन्नयनमा तल्लिन हुनुहुन्छ ।

सन् १९८४ मा काठमाडौँमा भएको पहिलो दक्षिण एसियाली खेलकुद स्वर्ण पदक, त्यसको करीब ९ वर्षपछि सन् १९९३ मा ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुदमा कप्तानका रूपमा दोस्रो स्वर्ण पदकर सन् २०१६ मा भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुदमा नेपालको पुरुष फुटबल टोलीलाई मुख्य प्रशिक्षकको रूपमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उहाँको अतुलनीय भूमिका रहेको थियो ।

सन् १९८१ देखि १९९७ सम्म अर्थात करीब १७ वर्ष राष्ट्रिय टीमबाट खेल्नु भएका उहाँ सन् १९९१ देखि १९९७ सम्म अर्थात करीब ६ वर्ष टोलीको कप्तानीको भूमिकामा रहनुभयो । ९१ अन्तर्राष्ट्रिय म्याच खेल्दै नेपालका लागि सबैभन्दा बढी क्याप जित्ने खेलाडीको समेत रेकर्ड बनाउनु भएका शाक्यले नेपालका प्रतिष्ठित क्लबहरूबाट व्यावसायिक फुटबल खेल्नु भएको थियो । शाक्यले बंगलादेशको लिगमा पनि फुटबल खेल्नुभएको थियो ।

खेलाडी जीवनबाट सन्यास लिएपछि उहाँ फुटबल प्रशिक्षण र व्यवस्थापनमा सक्रिय हुनुहुन्छ । सन् १९९२ मा वर्षको सर्वोत्कृष्ट खेलाडी, सन् १९९६ मा एन्फाबाट रुपक उत्कृष्ट खेलाडी अवार्ड र सन् २००५ मा एन्फाबाटै लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएका उहाँ आफ्नो खेल जीवनको आधा शताव्दी विताउनु भएको व्यक्ति हुनुहुन्छ ।
आज हामीले उहाँसँग फिफा विश्वकपको माहोल, उहाँकको फुटवल करियर, नेपालको फुटबलको इतिहास, वर्तमान र भविष्यलगायतका विषयमा केन्द्रित भएर कुराकानी गरेका छौँ ।

पूरा भिडियो