मेसीको बल नियन्त्रण गर्ने तरिका मनपर्छः जिवेश पाण्डे, सशस्त्र प्रहरी बल महिला टोलीका प्रमुख प्रशिक्षक (भिडियो अन्तर्वार्ता)

काठमाडौं। जिवेश पाण्डे नेपाल सशस्त्र प्रहरी बल महिला टोलीका प्रमुख प्रशिक्षक हुनुहुन्छ । उहाँ नेपालले विश्वकप खेल्न सक्ने तर तर त्यसका लागि पूर्वाधार निर्माण र इच्छाशक्ति चाहिन्छ भन्ने मान्यता राख्नुहुन्छ । अहिले पनि उहाँले प्रशिक्षण दिएका खेलाडीहरु विश्वका विभिन्न देशका क्लबबाट खेलिरहेका छन् ।

ती दृष्यहरु टेलिभिजनका पर्दामा हेर्दा खुशी लाग्ने उहाँ बताउनुहुन्छ । उहाँलाई त्यतिबेला गर्व लाग्छ, जतिबेला आफूले प्रशिक्षण दिएका खेलाडीहरुले देशको झण्डा फहराएर खेलिरहेका हुन्छन् । उनीहरुले मैदानमा देखाएको प्रतिभा देख्दा उहाँलाई कोपिलाबाट फर्किदैँ गरेका सुन्दर फूलले दिएको शोभायमान दृष्य जस्तो लाग्छ ।

अहिले विश्वकपको मैदानमा खेलाडीहरुले जादूमयी खेल खेलेको देख्दा भविष्यमा कुनै पनि बेला नेपालका खेलाडी पनि यसैगरी मैदानमा जादूमयी तरिकाले फुटबल लिएर मैदानमा कुदिरहेको दृष्य हेर्ने उहाँको रहर छ । मेसीको खेलबाट प्रभावित उहाँ नेपालका खेलाडी कुनै बेला मेसीको जादू जस्तै मैदानमा फुटबल खेलाउन सक्ने हुन् भन्ने कामना पनि छ । देशलाई चिनाउने भनेको खेलले हो भन्दै उहाँ नेपालले विस्तारै विश्वलाई क्रिकेट खेलका माध्ययमबाट चिनाउँदै आएको बताउनुहुन्छ ।

भविष्यमा फुटबलका माध्ययमबाट पनि चिनाउने आशाको दीयो बलिरहेको उहाँ बताउनुहुन्छ । पेले, म्यारोडोनाको खेल हेरेर हुर्किनु भएका उहाँ अहिले पनि अर्जेन्टिनाको खेल मन पराउनु हुने रहेछ । उहाँ मेसीको बल कन्ट्रोल गर्ने तरिका सबै भन्दा बढी मनपर्ने बताउनुहुन्छ । टीमलाई नेतृत्व दिन सक्ने क्षमता पनि उहाँ मेसीमा देख्नुहुन्छ । उहाँसँग खेल क्षेत्रसँग सम्वन्धित भएर गरेको कुराकानीः