विपक्षीको मनोवल बढाउने र पार्टीमा विवाद ल्याउनेलाई अनुसाशित बनाएर अघि बढ्नुपर्ने छः ओली

काठमाडौं, ५ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताको दुःख, सुखमा साथमा रहने बताउनु भएको छ । उहाँले एमाले केन्द्रीय कमिटी बैठकमा सम्वोधन गर्दै संविधान, लोकतन्त्र र भौतिक सम्पत्तिमाथि आक्रमण गरेको आरोप लगाउँदै आफूहरुलाई सुकुम्बासी बनाएको पनि आरोप लगाउनुभयो ।

उहाँले राष्ट्रियताको पहरेदार एमाले भएकै हुनाले सबै भन्दा बढी प्रहार एमालेमाथि भएको पनि आरोप लगाउनुभयो । एमालेमाथि झुट्टा आरोप लगाउनेलगायतका गतिविधिमा पनि यो सरकार लागिरहेको आरोप लगाउनुभयो । ‘यो पार्टीको अध्यक्षको हैसियतले सबै भन्दा बढी ममाथि प्रहार भएको छ,’उहाँले भन्नुभयो, ‘पहिलो सरकारको काम भनेको एमाले अध्यक्षलाई गिरफ्तार गर्ने भनिन्छ । जहाँ पूर्वाग्रहपूर्ण पुर्जीमार्फत गैरकानुनी गिरफ्तार गरियो । पूर्वप्रधानमन्त्रीलाई १३ दिन हिरासतमा राखेर मुद्धा चलाउने प्रयास भयो । त्यो अधिनायकवाद हो । त्यो अधिनायकवाद र लोकतान्त्रिक विधि अनि मिचिएको संविधानका विरुद्धमा हामीले लड्नुपर्ने छ ।’

उहाँले विघटित संविधानसभा पुर्नस्थापना गर्नुपर्ने माग एमालेले अहिले पनि जारी राखिरहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनको नाटक गरेर, देशलाई नै कक्रक्क पारेर शान्तिपुर्ण चुनाव गरेको पनि आरोप लगाउनुभयो । उहाँले भरत दाहालको गिरफ्तारीलाई फाँसीवादको निरन्तरता भएको अरोप पनि लगाउनुभयो । उहाँले त्यो फाँसीवादी चरित्र हावी भएको भन्दै त्यसका विरुद्ध एकजुट भएर लाग्नुपर्ने बेलामा पार्टी भित्रै विवाद सिर्जना गर्ने काम भएको भन्दै आक्रोशित हुनुभयो । उहाँले पार्टीका कुरा बाहिर मिडियामा गएर जग हँसाई गर्नेहरु, विपक्षीको मनोवल बढाउनेहरुलाई नियन्त्र गरेर अनुशासित बनाएर अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *