एमाले स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत

काठमाडौं, ८ असोज । नेकपा (एमाले) ले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।

जारी केन्द्रीय कमिटी बैठकका क्रममा पोखरेलसहित स्थायी कमिटी सदस्यका लागि नेताहरूको नाम प्रस्ताव गरिएको हो ।

स्थायी कमिटीमा मनोनीत हुने नेताहरूमा प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाङफे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान बसेको पार्टी सचिवालय बैठकमा स्थायी कमिटी सदस्यका लागि नेताहरूको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नाममध्ये केही नाम छुटेका जिल्लाबाट समेत समेटिने बताइएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी तथा पोलिटब्युरो गठन, केन्द्रीय सदस्य मनोनयन, विभाग गठनलगायत विषयमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *