एमाले स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी
काठमाडौं, २३ असोज । नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक केहीबेर अघिदेखि चलिरहेको छ। हिजोदेखि सुरु भएको स्थायी कमिटी बैठक आज दोस्रो दिन पनि जारी रहेको हो।
बैठकमा पूर्वराष्ट्रपति एवं एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको छ। वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टीको बैठकमा सहभागी हुनुभएको हो।
