एमालेका थप १३ केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौँ, २६ असोज । नेकपा (एमाले) का नवनियुक्त १३ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउनुभएको हो।
पार्टीको स्थायी कमिटी बैठकले दुई दिनअघि १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
शपथ लिनेमा सिर्जना राई, डा. पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्बुहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डवल पाण्डे र तेजेन्द्र केसी रहेका छन्। उनीहरूले एमालेको केन्द्रीय कमिटीमा औपचारिक जिम्मेवारी पाएका छन्।
