इलाममा सुहाङकाे ४ हजार ९८६ मतले अग्रता कायमै
काठमाडाैं, १७ वैशाख । इलाम–२मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ४ हजार ९८६ मतले अघि रहेका छन् ।
उपचुनाव अन्तर्गत् जारी मत गणनामा सुहाङ नेम्वाङले १३ हजार ९०० मत प्राप्त गरेका छन् भने नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ८ हजार २८५ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ९४५ मत प्राप्त गरेका छन्।
इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३४ हजार २६ सदर मत गणना भएको छ।