विराटनगरमा सामुहिक झगडा हुँदा एक युवकको हत्या, २ जना सख्त घाइते
विराटनगर । विराटनगरमा गएराति भएको सामुहिक झगडामा एक जना युवाको हत्या भएकाे छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सामुहिक झगडामा घाइते भएका मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
घाइते भएका उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ ।
मृतक कामतकाे शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरकाे विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएकाे छ ।
घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।