कल सेन्टरमा सीआईबीको छापा, १६७ थान ल्यापटप र माेवाइलसहित ५३ जना पक्राउ

काठमाडौं, २३ पुस । प्रहरीले ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेकाे छ ।

सोमबार राति प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई सातदोबाटोबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिनुभयाे ।

उनीहरुको साथबाट ८५ वटा ल्यापटप र ८२ वटा मोबाइल गरी १६७ थान बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रहरीकाे प्रारम्भिकअनुसन्धानबाट खुलेको छ ।