इरानबारे आपत्कालीन बैठक डाक्न माग
अमेरिका । इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन् ।
इरानका विरोध प्रर्दशनकारीको प्रशंसा गर्दै राजदूत हेलीले उनीहरुमाथि तेहरानको व्यवहारको भर्त्सना गरिन्।
राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परिक्षण भइरहेको बताइन्।
त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन्।
