एएफसी एसियन कप छनोटमा नेपालको सुरुआत हारबाट
काठमाडौँ, १२ चैत । एएफसी एसियन कप २०२७ अन्तिम चरणको छनोटको पहिलो खेलमा लाई २–० ले पराजित गरेको छ । मलेसियाविरुद्ध खेलेका आठ खेलमध्ये नेपाल सातमा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको थियो ।
मलेसियाको जोहोरमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा मङ्गलबार भएको खेलमा हेक्टर हाभेल र कोरबिन ओङलले गोल गरे । चार दिनअघि सिङगापुरलाई उसकै मैदानमा हराउँदा गरेको प्रदर्शन नेपालले मलेसियामा दोहर्यान सकेन । खेलको २९ औँ मिनेटमा हाभेलको गोलले नेपाल पछाडि पर्यो । नेपालविरुद्ध खेल्न पोर्चुगलमा व्यवसायिक फुटबल खेलिरहेका मलेसियामूलका डच खेलाडी हाभेललाई टिममा सामेल गरिएको थियो ।
खेलको ७० औँ मिनेटमा आइमनको पासमा कोरबिन ओङले गोल गरेर मलेसियाको अग्ता दोब्बर बनाए । यसअघि खेलको ५९ औँ मिनेटमा आइमनको क्रसमा मोरालेसले हेड गरेको बल गोलपोस्टमा लागेर फर्किँदा पनि नेपाल भाग्यमानी सावित भएको थियो ।
एसियन कप २०२७ अन्तिम चरणको छनोटअन्तर्गत समूह एफमा नेपाल र मलेसियासहित भियतनाम लाओस पनि रहेका छन् । भियतनामले मङगलवार नै लाओसलाई ५–० ले हराएर विजयी सुरुआत गरेको छ । नेपालले मलेसियासहित लाओस र भियतनामसँग होम एन्ड अवे म्याच खेल्नेछ । समूह विजेता सउदी अरबमा हुने एसिया कपमा खेल्नेछ ।