च्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं, चैत १९ गते । च्यासल युथ क्लब मङगलबार मध्यपुर युथ एसोसिएसनलाई ४–० ले हराएर शहिद स्मारक बी डिभिजन लिगको तेस्रो स्थनमा उक्लेको छ । च्यासलको यो दोस्रो जित हो । चार खेलपछि दुई जित एक हार र एक बराबरी नतिजामा च्यासलले सात अङकमा श्री भगवती क्लबमा छन् । मध्यपुर दोस्रो हारसँगै चार अङकमा सीमित भएको छ । मध्यपुर आठौँ स्थानमा झरेको छ ।

एन्फा कम्प्लेक्समा च्यासलले चारै गोल उत्तरार्धमा गर्यो । खेलको ५६ औं मिनेटमा आसिस थारुले मध्यपुरका गोलरक्षक सौरभ कार्कीलाई छलाएर पहिलो गोल गरे । सो गोल गरेको तीन मिनेटपछि नै च्यासलले अग्रता दोब्बर पार्यो । निरज कार्कीले डिबक्सभित्रबाट दोस्रो गोल गरेका हुन् ।

८९ औँ मिनेटमा सब्सिट्युट खेलाडी सुजन विश्वकर्माले गोलरक्षक सौरभसँगकै वनभर्सेज वनमा तेस्रो गाल गरे । इन्जुरी समयमा सुजनको पासमा कुशल देउवाले गोल गरी स्कोर ४–० पारे ।
आजदेखि चौथो चरण सुरू भएको हो ।