सिरियामा बमबारी, २० बालबालिकासहित १०० भन्दा बढी मारिए

सिरिया । सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार टोली तथा अनुगमनकर्ताहरुले बताएका छन्।

ह्वाइट हेल्मेट्स भनेर चिनिने सिरियाली सिभिल डिफेन्स समूहका अनुसार मंगलबार बिहान बमहरु खस्ने क्रम जारी नै थिए।

सिरियाली फौजले विद्रोही नियन्त्रणमा रहेको उक्त क्षेत्र पुनः प्राप्त गर्नका लागि आक्रामक कदम चालेका थिए।
राजधानी नजिक रहेको पूर्वी गुटा विपक्षीको नियन्त्रणमा रहेको अन्तिम प्रमुख क्षेत्र हो।

लोकल कोअर्डिनेसन कमिटिज् भनिने विपक्षी कार्यकर्ता सञ्जालका विवरण अनुसार डुमा, मिसराबा र अल(नशाविया क्षेत्रमा भएका हवाई आक्रमणमा नागरिकहरु मारिएका वा घाइते भएका छन्।

एउटा उद्धार समूहले मंगलवार मिसराबामा तीन जना र अल(मर्जमा चार जना मारिएको जनाएको छ।