राष्ट्र बैंकद्वारा घर कर्जाको सीमा वृद्धि, अब ३ करोडसम्म पाइने
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई घर किन्न वा बनाउन सहज बनाउने उद्देश्यले घर कर्जाको सीमा बढाएको छ। यसअघि २ करोड रुपैयाँ रहेको सीमालाई एक करोडले बढाएर ३ करोड रुपैयाँ पुर्याइएको हो।
शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले उक्त जानकारी दिनुभएको हो।
नयाँ व्यवस्था अनुसार, पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिले बैंकबाट कुल लागतको ८० प्रतिशतसम्म ऋण लिन सक्नेछन् भने अन्य घर कर्जाको हकमा ७० प्रतिशतसम्म ऋण प्रवाह गर्न सकिनेछ।