संसद् अवरोधपछि प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ बजेका बस्दै

काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठक अपराह्न २ः०० बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक दुई घण्टासम्म बस्न नसकेपछि संसद् सचिवालयले समय परिवर्तन गरेको हो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम बैठकको नयाँ समय अपराह्न २ः०० बजेका लागि निर्धारण गर्नुभएको उल्लेख छ।

बिहानको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले अवरोध सिर्जना गरेपछि संसद्को नियमित कार्यसूची अगाडि बढ्न सकेको थिएन।