उच्च अदालतका २७ न्यायाधीशद्वारा शपथ ग्रहण

काठमाडौँ, २८ साउन । उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले उहाँहरूलाई शपथ गराउनुभएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

न्याय परिषद्ले गत साउन २२ गते उहाँहरूलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । शपथ ग्रहणसँगै सबै नव नियुक्त न्यायाधीशले आजैबाट कार्यभार सम्हाल्नुहुनेछ ।