जेनजी आन्दोलनका क्रममा थप एक युवकको मृत्यु, मृतककाे संख्या दुइ पुग्याे

काठमाडौं, २३ भदाै । जेनजीको आन्दोलनका क्रममा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ।

काठमाडौंकाे नयाँ बानेश्वरमा भएको आन्दोलन उग्र भएपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहरा र अश्रुग्यासका साथै रबरका गोली हानेको थियो। साेही गाेली लागेका एकजनाकाे ट्रम सेन्टरमा उपचारका क्रममा मृत्यु भएकाे हाे । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको पनि परिचय खुलेको छैन।

यसअघि मीनभवनस्थित सिभिल अस्पतालमा पनि एक युवकको मृत्यु भएको थियो। भ्रष्टाचार र कुशासनविरुद्ध भन्दै आज जेन-जी पुस्ताले देशभर आन्दोलन गरेका छन्।

प्रदर्शनका क्रममा झण्डै एक सय जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुलाई बानेश्वर र माइतीघर आसपासका अस्पतालहरूमा लगिएको छ।