भियतनामसँग खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ, १९ असोज । प्रशिक्षक म्याट रसले आइतबार किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
एफसी एसिया कप छनोट २०२७ अन्तर्गत नेपालले भियतनामसँगको दुवै खेल उसकै मैदानमा खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालाको मैदान अयोग्य भएपछि नेपालले घरेलु मैदानमा खेल्ने अर्को अवसर गुमाएको हो । नेपाल र भियतनामबिचको पहिलो खेल अक्टोबर ९ मा बिन्ह डुओङ रंगशालामा हुनेछ । नेपालले आप्mनो होम म्याचका लागि थोङ न्हाट रंगशालालाई चयन गरेको छ । दोस्रोे खेल अक्टोबर १४ मा हुनेछ ।
नेपाली टिम
किरण कुमार लिम्बु, अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार, दिप कार्की, दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, , कृतिक रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।