जापानद्वारा नेपाललाई १३२ रनको लक्ष्य
काठमाडौँ, २४ असोज । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्टएसिया प्यासिफक छनोटमा शुक्रबार जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ म भएको प्रतियोतिगाअन्तर्गत समूह बीको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३१ रनको सामान्य स्कोर तयार पारेको थियो ।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । उनको ४६ बलमको पालमा पाँच चौका र तीन छक्का सामेल थियो । यसैगरी वन डाउन ब्याट्सम्यान इसाम रहमानले ३१ रनको महतवपूर्ण पालि खेले ।
फ्लेमिङ र रहमानले दोस्रो विकेटका लाग ८६ रनको साझेदारी गरेका थिए । यद्यपि यी दुई ब्याट्सम्यानबाहेक अन्यको प्रदर्शन उल्लेखलायक रहेन । पालिको अन्ततिर बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।
नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।