झापामा नालीभित्र भेटियो पुरुषको शव

 

झापा,२४ असोज । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ ।

जस्ताकाे छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेकाे र उनको पहिचान खुल्न नसकेको जनाएकाे छ ।

मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।