साफ फुटसलमा नेपाली पुरुष टिमको विजयी सुरुआत
काठमाडौँ, २ माघ। साफ पुरुष फुटसल प्रतियोगितामा नेपालले श्रीलङकाविरुद्ध २–१ को पुनरागमन जित विजयी सुरुआत गरेको छ ।
थाइल्यान्डको बैंककस्थित हुवामाक रंगशालाको फुटसल एरिनामा भएको खेलको १०औं मिनेटमा श्रीलङकाले मोहम्मद कुर्सीथ मोहम्मद सजानको गोलबाट अग्रता बनाएको थियो । नेपालले पाँच मिनेटपछि नै सरोज तामाङको गोलबाट खेल बराबर गर्यो । त्यसपछि उत्तरार्धको पहिलो मिनेटमै सरोजले निर्णायक गोल गरे ।