सुनको मूल्य १ हजार २०० रुपैयाँले बढ्याे, प्रतितोला कति पुग्याे ?
काठमाडौँ, ३१ जेठ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने क्रम आज आइतबार पनि जारी रहेको छ। गत शुक्रबार तोलामा ५ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य यसदिन थप १ हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नयाँ मूल्यसूची तय भएसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।