स्वास्थ्य बिमा बोर्डद्वारा गत चैतसम्मको २ अर्ब ६ करोड भुक्तानी सम्पन्न

काठमाडौँ, भदौ १५ । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराउनुपर्ने स्वास्थ्य बिमावापतको सम्पूर्ण बक्यौता भुक्तानी सम्पन्न गरेको छ । बोर्डले गत चैत मसान्तसम्मको दाबीवापतको रकम सम्बन्धित संस्थाहरूलाई भुक्तानी गरिएको जानकारी दिएको हो ।

बोर्डका अनुसार उक्त अवधिभरको शोधभर्नाबापत कुल २ अर्ब ६ करोड ४३ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको छ । बोर्डले बिहीबार नै सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै भुक्तानी प्रक्रिया सम्पन्न भएको औपचारिक जानकारी गराएको हो । यसबाट स्वास्थ्य संस्थाहरूलाई आर्थिक व्यवस्थापनमा सहज हुने र बिमितहरूले पाउने सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।