जर्मन चान्सलर मर्केल फेरि चुनाव लड्ने

 

बर्लिन । जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो पार्टी सीडीयूका वरिष्ठ सदस्यहरुलाई फेरि पनि चुनावमा उम्मेदवारी दिने बताउनुभएको छ ।
६२ वर्षीया मर्केलले पार्टी मुख्यालयमा त्यसबारे औचारिक घोषणा गर्दै हुनुहुन्छ ।
जर्मनीमा आगामी वर्षको शरद ऋतुमा आमचुनाव हुने छ ।
मर्केल सबैभन्दा लोकप्रिय रहेको समयमा भन्दा अहिले उहाँप्रतिको समर्थन घटेको छ तर अझै पनि लोकप्रिय हुनुहुन्छ।